श्वासप्रश्वासमा समस्या देखिएपछि दिलिप कुमार अस्पतान भर्ना

श्वासप्रश्वासमा समस्या देखिएपछि दिलिप कुमार अस्पतान भर्ना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका पाका अभिनेता दिलिप कुमार अस्पतान भर्ना भएका छन् । आइतबार एकाएक उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याएको पत्नी सायरा बानुले उल्लेख गरेकी छन् ।

दिलिप कुमारले श्वास फेर्न गाह्रो भएको बताएपछि उनलाई खर रोडस्थित हिन्दुजा अस्पतालमा लगिएको छ । हाल अस्पतालमा श्वासप्रश्वास सम्वन्धि डाक्टरको एकटिमले दिलिपको उपचार गरिरहेका छन् र केही परीक्षण गरिएको रिपोर्टको पखाईमा छौँ पत्नी सायराले बलिउड मिडियासँगको कुराकानीमा भनेकी छन् । कृपया उहाँलाई छिट्टै निको होस् भनेर प्रार्थना गर्नुहोस्, ताकि हामी उहाँलाई छिट्टै घर लिन सकौँ उनले भनिन् ।

९८ वर्षीय अभिनेता कुमार अघिल्ल्लो महिना मात्रै अस्पतालबाट डिस्चार्ज भएर घर गएका थिए । उनी अघिल्लोपटक दुई दिन हिन्दुजा अस्पतालनै बसेका थिए । अभिनेता दिलीप कुमार भारतका उत्कृष्ट अभिनेताहरुमध्ये एक हुन् ।