जुलाई २७ मा अक्षय र वाणीको ‘बेलबटम’ रिलिज घोषणा

जुलाई २७ मा अक्षय र वाणीको ‘बेलबटम’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतमा दोस्रो चरणको कोरोना महामारीका रोकिएका सिनेमाको छायांकन पुन:सुरु भएसँगै प्रदर्शनको तयारीमा रहेका सिनेमाले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् ।

बलिउडमा सवैभन्दा पहिले अभिनेता अक्षर कुमारले आफु अभिनित सिनेमा ‘बेलबटम’को प्रदर्शन मिति घोषणा गरेका छन् । ट्वीटरमा एक भिडियो रिलिज गर्दै ‘बेलबटम’को प्रदर्शन मिति घोषणा गर्दै उनले सिनेमा हलमै रिलिज हुने जानकारी गराएका हुन् ।

पहिलो चरणको लकडाउनको समयमा लन्डनमा खिचिएको फिल्ममा अक्षयकुमारसँगै लारा दत्ता, वाणी कपुर र हुमा कुरेसीको अभिनय रहेको छ । भारतमा लामो समय निषेधाज्ञा लागेसँगै ‘बेलबटम’ पनि सिधै ओटीटी प्लेटर्फमा रिलिज हुने चर्चा थियो । तर, अक्षयले सिनेमा जुलाई २७ अर्थात साउन १२ बाट हलमै रिलिज हुने जानकारी गराएका हुन् ।

बलिउड मिडियामा केही दिनअघि महामारीका कारण अक्षयकुमारले ‘बेलबटम’बाट आफूले लिन बाँकी रहेको पारिश्रमिकबाट ३० करोड कम गरिदिएको समाचार आएको थियो । अक्षयकुमारले सिनेमाको प्रदर्शन मिति घाषेणसँगै पारिश्रमिक घटाएको सम्पुर्ण समाचार सत्य अफवाह रहेको उल्लेख गरेका छन् ।