फरहान अभिनित ‘तुफान’को नयाँ प्रर्दशन मिति जुलाई १६

फरहान अभिनित ‘तुफान’को नयाँ प्रर्दशन मिति जुलाई १६

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर अभिनित सिनेमा ‘तुफान’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ । यसअघि मे २१ लाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब जुलाई १६ मा अमेजन प्राइममा रिलिज हुनेछ ।

राकेश ओमप्रकाश मेहरा निर्देशित ‘तुफान’ मा अभिनेता फरहान एक राष्ट्रिय स्तरका बक्सिङ खेलाडीको भूमिका निवार्ह गर्दैछन् । फरहानका अलवा सिनेमामामा मृणाल ठाकुर, परेश रावल, सुप्रिया पाठक कपुर र हुसेन दलालको पनि अभिनय रहेको छ ।

स्पोट्र्स ड्रामा सिनेमा ‘तुफान’ कोरोना महामारीको दोस्रो लहरका कारण प्रदर्शन स्थगित भएको थियो । रिलिज मिति सार्वजनिक गर्दै फरहानले ट्विटरमा लेखेका छन्, हाम्रो देशका सुन्दर व्यक्तिहरूको माया, नम्रता र लड्ने आत्मबलका कारण हाम्रो सिनेमा ‘तुफान’ यही जुलाई १६ मा रिलिज हुँदैछ ।