‘सत्यनारायण कि कथा’मा श्रद्धासँग रोमान्स गर्दै कार्तिक

‘सत्यनारायण कि कथा’मा श्रद्धासँग रोमान्स गर्दै कार्तिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भुमिका रहने सिनेमा ‘सत्यनारायण कि कथा’को घोषण केहिदिन अघि गरिएको थियो । यो सिनेमालाई मराठी सिनेमा ‘आनन्दी गोपाल’बाट नेशनल अवार्ड विजेता निर्देशक समीर विद्धानले निर्देशन गर्दैछन् ।

यसबर्षको अन्त्यबाट फ्लोरमा जाने सिनेमामा मुख्य अभिनेत्री बारेमा निर्माण टिमले कुनैपनि जानकारी सार्वजनिक गरेको छैन् । तर बलिउड हंगामाका अनुसार सिनेमामा कार्तिकले पहिलो पटक अभिनेत्री श्रद्धा कपुरसँग रोमान्स गर्ने पक्का भैसकेको छ । श्रद्धालाई साजिद नाडियाडवालाको प्रोडक्सन हाउसको सदावहार अभिनेत्रीको रुपमा चिन्ने गरिन्छ ।

साजिद नाडियाडवालाको लगानीमा निर्माण हुने सिनेमा अर्को बर्ष अर्थात २०२२ मा रिलिज हुनेछ । यस्तै केहि समय पहिले करण जौहरको सिनेमा ‘दोस्ताना २’ र शाहरुख खानको रेड चिल्ली इन्टरटेमेन्टको ‘फ्रेडी’बाट निकालिए पछि कार्तिक आर्यनको करिअर नै संकटमा पर्न थालेको अनुमान गरिएको थियो ।

बलिउडमा निकै ठुलो संघर्ष गर्दै स्टार बनेका कार्तिक यति सजिलै उद्योगबाट बाहिरिने चर्चाको असर कार्तिकको करियरमा नपर्ने बलिउड मिडियाले जनाएका छन् । एउटा ब्यानरबाट निकालिए पनि अर्कोतिर काम पाइरहनु यसको उदाहरण भएको उनका शुचिन्तकको भनाई छ ।