‘रेश ४’मा दोहोरिएलान सलमान र सफै

‘रेश ४’मा दोहोरिएलान सलमान र सफै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको एक सफल फ्रेन्चाइज हो ‘रेश’ । यशका दुई सिरिजमा अभिनेता सैफअलि खानले मुख्य भुमिका निवार्ह गरेका थिए । भने तेस्रो सिरिजमा बलिउड सुपरस्टार सलमान खानले मुख्य भुमिका निवार्ह गरेका थिए ।

सलमानले अभिनय गरेको ‘रेश ३’ उनको करियर कै कमजोर सिनेमा रहेको चर्चा भएको थियो । यसको रेकर्ड हालै रिलिज भएको सिनेमा ‘राधे’ले तोडेको छ । आएमडिवीमा ‘रेश ३’को भन्दा पनि कमजोर रेटिङ ‘राधे’लाई मिलेको छ । यसका वावजुद पनि सलमानको स्टारडम कमजोर बनेको छैन् । यी दुवै सिनेमाले वक्सअफिसमा राम्रो कमाई गरेका थिए । बलिउड मिडियामा अनुसार हाल समलमानको हातमा अहिले आधा दर्जन बढि सिनेमा छन् ।

सलमानको करियरको सवैभन्दा सफल ‘टाइगर’ सिरिज हो । यसका दुवै पार्टले बक्सअफिसमा बम्पर व्यापार गरेका छन् । अहिले सलमान ‘टाइगर ३’ को छायाँकनमा व्यस्त छन् । यसैबीच बलिउडमा मिडिया ‘रेश’को चौथो सिरिज बन्ने चर्चा तिव्र गतिमा फैलिरहेको छ । तर यस सिरिजमा सलमान हुने वा नहुने कुनैपनि जानकारी सार्वजनिक भएको छैन् ।

रेशका निर्माता रमेश हाल सिनेमाको स्कृप्ट लेखन कार्यमा व्यस्त छन् । यो सिरिजलाई स्वयंम तैरानी निर्देशन गर्ने तयारीमा छन् । उनी सिनेमाको स्कृप्ट लक भएसँगै कलाकार छनोटमा व्यस्त हुनेछन् । सिनेमाको छायांकन यसबर्षको अन्त्यबाट सुरु हुनेछ । सिनेमा बन्ने चर्चा भएसँगै सिनेमामा सलमान दोहोरिने सम्भावना प्रवल छ । यो सिनेमामा सिनेमामा सैफ अली खान र सुनिल सेठ्ठीको पनि मुख्य भुमिका रहने जानकारी सार्वजनिक भैरहेका छन् ।