‘तुफान र हंगामा २’को ट्रेलर रिलिज (भिडियो)

‘तुफान र हंगामा २’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दुई बलिउड सिनेमा ‘तुफान’ र ‘हंगामा २’को ट्रेलर रिलिज भएका छन् । दोस्रो लहरको कोरोना महामारीका कारण दुवै सिनेमा सिधै ओटीटी प्लेटर्फममा रिलिज हुनेछन् ।

फहरान अख्तर अभिनित सिनेमा ‘तुफान’ स्पोटर्स ड्रामा हो, भने ‘हंगामा २’ शिल्पा सेट्टीको कमव्याक सिनेमा हो । बलिउड मिडियाका अनुसार दुवै सिनेमा दर्शकको प्रतिक्षमा छन् । ‘तुफान’ सुपहिट सिनेमा ‘भाग मिल्खा भाग’ टिमको दोस्रो सहकार्य भएका कारण पनि दर्शकमाझ प्रतिक्षित छ । ‘हंगामा २’ प्रियादर्शन निर्देशित सुपरहिट सिनेमा ‘हंगामा’को सिक्वेल हो ।

राकेश ओमप्रकाश मेहरा निर्देशित ‘तुफान’मा फहरान अख्तरका अलवा मृणाल ठाकुर, परेश रावल, सुप्रिया पाठक कपुर, हुने दलाल लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा १६ जुलाईमा एमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।

यस्तै, अर्को सिनेमा ‘हंगामा २’ मा पनि परेश रावलका अलवा शिल्पा सेट्टी, मिजान जाफरी, प्रनिथा सुवास, जोनि लिभर, राजपाल यादव लगायतका कलाकारको अभिनय रहेको छ । कमेडी जनारामा निमार्ण भएको सिनेमामा २३ जुलाईमा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ ।