फतिमासँग विवाह गर्न आमिरको श्रीमतीसँग डिभोर्स ?

फतिमासँग विवाह गर्न आमिरको श्रीमतीसँग डिभोर्स ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आमिर खान र किरण रावले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरे । दुवैले संयुक्त विज्ञप्ती निकालेर वैवाहिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका थिए ।

सार्वजनिक विज्ञप्तीमा वैवाहिक सम्बन्धमा नरहे पनि छोरा आजाद राव खानको भने मिलेर जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । बलिउड मिडियाका अनुसार आमिर र किरणबीच ‘लगान’को सेटमा पहिलो पटक भेट भएको थियो । सिनेमाको सेटमा एकअर्काको प्रेममा परेपछि आमिरले पहिलो श्रीमती रिना दत्तालाई डिभोर्स गरेका थिए ।

किरणसँग डिभोर्स घोषणा गरेसँगै बलिउड मिडिया र सामाजिक सञ्जालमा आमिरले फतिमा सना शेखसँग विवाह गर्नका लागि श्रीमतीलाई डिभोर्स दिएको चर्चा चल्न थालेको छ । सुपरहिट सिनेमा ‘दंगल’को सेटमा फतिमासँग नजिक भएका आमिरले अर्को सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’मा सिफारिस गरेको चर्चा बलिउड मिडियामा चलेको थियो ।

तर यस विषयमा आमिर र फतिमाले कुनैपनि जवाफ दिएका छैन् । बलिउड मिडिया र सामाजिक सञ्जालमा आएका थरिथरिका समाचार र मिम्समा आमिरले किरणलाई विवाह गर्न श्रीमती रिनासँग डिभोर्स गरेका आमिरले हाल फतिमालाई विवाह गर्नकै लागि दोस्रो श्रीमती किरणलाई डिभोर्स दिएको अनुमान लगाएका छन् । यस्ता मिम्स र खबर कति सत्य सावित हुन्छन् भविष्यमा खुल्दै जानेछन् ।