आमिरको ‘लाल सिंह चढ्ढा’बाट बलिउड डेव्यु गर्दै नागा चैतन्य

आमिरको ‘लाल सिंह चढ्ढा’बाट बलिउड डेव्यु गर्दै नागा चैतन्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमाका अभिनेता नागा चैतन्य पनि बलिउड डेव्यु गर्ने भएका छन् । उनले आमिर खान अभिनित सिनेमा ‘लाल सिंह चढ्ढा’बाट बलिउड डेव्यु गर्न लागेका हुन् । नागाले शुक्रबारबाट छायांकन सुरु गरेको निर्माण टिमले एक तस्वीर सार्वजनिक गर्दै जानकारी गराएको छ ।

सिनेमाको लद्दाखमा ४० दिनसम्म छायांकन गरिने बलिउड मिडियाले जनकारी दिएका छन् । नागाले २० दिनसम्म छायांकन गर्ने जनाइएको छ । यसअघि नै सिनेमाकी मुख्य अभिनेत्री करिना कपुरले आफ्नो भागको छायांकन सकाएकी थिइन् । सिनेमालाई ‘सिक्रेट सुपरस्टार’ फेम्ड निर्देशक अद्धैत चंदनले निर्देशन गरिरहेका छन् ।

बलिउड मिडियाका अनुसार सिनेमामा बलिउड सुपरस्टार शाहरुख खान र सलमान खानको पनि विशेष भुमिका रहनेछ । आमिर खानको होम प्रोडक्सनको लगानी रहने सिनेमामा बलिउडको प्रसिद्ध ब्यानर भायकम १८को पनि लगानी रहनेछ । यसवर्षको क्रिसमसको अबसरमा प्रदर्शन हुने तयारीमा रहेको सिनेमा दोस्रो लहरको कोरोना महामारीका कारण छायांकनमा ढिलाइ भएका कारण अर्को वर्षको मध्येतिर मात्रै रिलिज हुने बताइएको छ ।

‘लाल सिंह चढ्ढा’मा नागा चैतन्यले अभिनय गरेको भुमिकाको लागी तामिल अभिनेता विजय सेतुपतिलाई अफर गरिएको थियो । बलिउड मिडियाका अनुसार आमिरले विजयलाई तौल घटाउन भनेका थिए । तर उनले अन्य सिनेमाका कारण तौल घटाउन नसकेपछि ‘लाल सिंह चढ्ढा’बाट निकालिएका हुन् ।