हंसलको निर्देशनमा कार्तिकको ‘क्याप्टेन इन्डिया’ निर्माण घोषणा

हंसलको निर्देशनमा कार्तिकको ‘क्याप्टेन इन्डिया’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यन नयाँ सिनेमा ‘क्याप्टेन इन्डिया’मा अनुबन्धित भएका छन् । यो सिनेमाको उनले सामाजिक सञ्जालबाट अफिसियल निर्माण घोषणा गरेका छन् । सिनेमामा कार्तिक पहिलो पटक पाइलटको भुमिका देखिने छन् ।

एक्शन ड्रामा सिनेमालाई राष्ट्रिय पुरस्कार विजेता निर्देशक हंसल मेहताले निर्देशन गर्दैछन् । आरएसभिपि र बावेजा स्टुडियोजको व्यानरमा निर्माण हुने सिनेमा सत्य घटनामा आधारित हुनेछ । रोनि स्कुवाला र हरमन बावेजा सिनेमाका निर्माता हुन् ।

सत्य घटनामा आधारित सिनेमा ‘क्याप्टेन इन्डिया’मा काम गर्न पाउदा निकै उत्साहित रहेको अभिनेता कार्तिक आर्यनले बलिउड मिडियालाई बताएका छन् । भने निर्देशक हंसल मेहता आफु कार्तिक र रोनिको जोडीसँग काम गर्न प्रतिक्षा गर्न नसक्ने नसक्ने बताउँछन् । उनले यो सिनेमा आफ्नो लागि नयाँ अनुभव हुने सुनाउँछन् ।

सिनेमाको मुख्य भुमिकामा कार्तिक फाइनल भएपनि उनको अपोजिटमा काम गर्ने अभिनेत्रीको टुङ्गो लागिसकेको छैन् । अर्को वर्षको सुरुवातबाट फ्लोरमा जाने सिनेमामा सोही वर्षको अन्त्य तिर रिलिज हुने अपेक्षा कार्तिका शुभचिन्तकलाई छ ।