शिल्पाको दावी : ‘राजले पोर्न सिनेमा बनाउँदैनन्’

शिल्पाको दावी : ‘राजले पोर्न सिनेमा बनाउँदैनन्’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – पोर्नग्राफी मुद्धामा पक्राउ परेरका अभिनेत्री शिल्पा शेट्टीका पति व्यवसायी राज कुन्द्रालाई अदालतले आगामी मंगलबार सम्म हिरासतमा राख्न अनुमति दिएको छ । गत शुक्रबार मुम्बई पुलिसको क्राइम ब्रान्च टिमले राज र शिल्पासँग सोधपुछ गरेको थियो ।

सोधपुछको क्रममा अभिनेत्री शिल्पाले आफ्नो पतिले पोर्न सिनेमा नबनाएको दावी गरेकी छन् । उनले राजको एप ‘हटशट्स’ पोर्न होइन इराटिका सिनेमा रहेको बताइन् । साथै, उनले आफ्नो बयानमा हटशट्समा भएको सिनेमा भन्दा बढि अश्लिल सिनेमा अन्य ओटीटी प्लेटफर्म रहेका बताएकी छन् ।

उनले क्राइम ब्रान्चसँग भनेकी छन्, ‘मलाई हटशट्स मुभिजको कन्टेन्ट बारे थाहा थिएन । यस एपलाई लण्डनमा रहेकी राजको बहिनी प्रदीप बख्शीले चलाईरहेकी छन् ।’ उनले यस एपमा राजको कुनै सम्बन्ध नरहेको समेत दावी गरेकी छन् ।

अभिनेत्री शिल्पाले केहि समय पछिला पति राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिज’बाट राजीनामा दिएकी थिइन् । उक्त कम्पनीमा उनी निर्देशक थिइन् । शिल्पा प्राय: बिजनेशमा राजको पार्टनर छिन् । मुम्बई पुलिसले पोर्नग्राफीमा शिल्पाको संलग्नता छ छैन भनेर जाँच गरिरहेको छ ।

-एजेन्सी