दक्षिण भारतीय अभिनेत्री जयन्तीको निधन

दक्षिण भारतीय अभिनेत्री जयन्तीको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – दक्षिण भारतीय सिनेमाकी दिग्गज अभिनेत्री जयन्तीको सोमबार बिहान बेंगालुरुमामा निधन भएको छ । ७६ वर्षको उमेरमा उनको उमेरजन्य बिमारीका कारण घरमा सुतिरहेको अवस्थामा निधन हो ।

कन्नड, तेलुगू, मलयालम, तामिल र हिन्दी भाषाका सयभन्दा बढी सिनेमामा अभिनय गरेकी उनले सन् १९६३ को कन्नड सिनेमा जेनु गुडुबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले हिन्दी भाषाका ‘तीन बहुरानियाँ’, ’तुमसे अच्छा कौन है’, ‘गुन्डा’मा समेत अभिनय गरेकी छन् ।

 -एजेन्सी