अश्लिल सिनेमा बनाउने पछि राजविरुद्ध ठगीको आरोप

अश्लिल सिनेमा बनाउने पछि राजविरुद्ध ठगीको आरोप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा माथि अश्लिल सिनेमा बनाउने आरोपपछि धोकाधडी र ठगीको आरोप लागेको छ । उनको कम्पनीलाई अहमदाबादका एक व्यापारीले धोकाधडी र ठगीको आरोप लगाएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, राज कुन्द्राको कम्पनीले अनलाइन क्रिकेट स्किल– बेस्ट गेमका वितरक बनाउने भन्दै एक व्यापारीसँग ३ लाख रुपैयाँ लिएका थिए । उक्त व्यापारीको नाम हिरेन परमार हो । उनको आरोपपछि पुलिस राजविरुद्ध धोकाधडी र ठगीको मुद्धा पनि जाँच गरिरहेका छन् ।

हिरेनको अनुसार राज कुन्द्रा र उनको कम्पनी भियान इन्डस्ट्रीजले उनलाई क्रिकेट स्किल–बेस्ड गेमको वितरक बनाइदिन्छु भनेका थिए । तर, उनीहरुले आफ्नो काम पुरा गरेनन् । काम नभएपछि हिरेनले ३ लाख रुपैयाँ फिर्ता मागेका थिए । तर, कम्पनीले केहि जवाफ दिएन ।