पहिला काम पाउँदिन्थे, अहिले पार्किङ्गमै सिनेमा अफर हुन्छ: पंकज त्रिपाठी

पहिला काम पाउँदिन्थे, अहिले पार्किङ्गमै सिनेमा अफर हुन्छ: पंकज त्रिपाठी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – बलिउड कलाकार पंकज त्रिपाठीले आफ्नो संघर्षको कुरा गर्दै ६ वर्षसम्म काम नपाएको बताए ।

उनले भारतीय मिडियासँग कुराकानी गर्दै भने, ‘मैले २००४ देखि २०१० सम्म केहि पनि कमाइन । घर खर्च सबै मेरी पत्नी मृदुला सम्हाल्थिन् । म अन्धेरीमा केहि व्यक्तिहरुलाई बिन्ती गर्दै अभियन गर्ने मौका दिनुस् भन्दै हिड्थे । तर, त्यस समय मेरो कुरा कसैले सुनेनन् । अब, म घर जादा पार्किङ्गमै सिनेमा अफर हुन्छ । अहिले आफ्नो पार्किङ्ग मै निर्देशक भेटिन्छन् । मलाई तपाईसँग एक सिनेमा गर्न चाहन्छु भन्दै आउँछन् ।’

पंकज त्रिपाठीको हालै नेटफ्लिक्समा सिनेमा ‘मिमी’ रिलिज भएको छ । लक्ष्मण उतेकरले निर्देशन गरेको सिनेमामा पंकजसँगै कृति सेनन, मनोज पाहवा, सई ताम्हणकर र सुप्रिया पाठकलगायतको अभिनय छ ।