सस्पेन्स थ्रिलर सिनेमा ‘थडम’को रीमेकमा आदित्य र मृणाल

सस्पेन्स थ्रिलर सिनेमा ‘थडम’को रीमेकमा आदित्य र मृणाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – सस्पेन्स थ्रिलर तमिल सिनेमा ‘थडम’को हिन्दी रीमेक आदित्य राय कपूर देखिने भएका छन् । बिहिबार सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो ।

अनटाइटल सिनेमामा अदित्य डबल रोलमा देखिनेछन् । वर्धन केटकरले निर्देशन गर्ने सिनेमामा आदित्यसँगै अभिनेत्री मृणाल ठाकुर अनुबन्धित भएकी छन् । मुराद खेतानी र टी सीरीजको निर्माण रहने सिनेमाको छायांकन सेक्टेम्बरबाट सुरु हुनेछ ।

२०१९ मा रिलिज भएको सिनेमा ‘थडम’मा अरुण विजय, विद्या, तान्या होपलगायत कलाकारको अभिनय छ । यो सिनेमालाई एम थिरुमेनीले निर्देशन गरेका हुन् ।

-एजेन्सी