२५ करोड माग गर्दै शिल्पाले हालिन् संचारमाध्यमविरुद्ध मानहानी मुद्दा

२५ करोड माग गर्दै शिल्पाले हालिन् संचारमाध्यमविरुद्ध मानहानी मुद्दा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीले सामाजिक संजाल र संचारमाध्यममा आफूविरुद्ध झुटा र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै मानहानी मुद्दा दर्ता गरेकी छिन् । सामाजिक संजाल र संचारमाध्यममा आएका समाचारविरुद्ध उनले उच्च अदालतमा मानहानीको मुद्दा हालेकी हुन् ।

शिल्पाले केहि संचारमाध्यमलाई माफी माग्न, अपमानजनक साम्रागी हटाउन र २५ करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गरेकी छन् । साथै, मानहानी मा दर्ता भएको दिनदेखि वर्षको १४ प्रतिशत ब्याजसमेत माग गरेकी छन् ।

उनले आफ्नो पति राज कुन्द्राको मुद्दाबारे आफ्नो बारेमा गलत रिपोर्टिङ गर्ने २९ जना संचारकर्मी र संचारमाध्यमको नाम उल्लेख गरेकी छन् । उनले संचारमाध्यमसँगै फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक संजालविरुद्ध समेत मुद्दा दर्ता गरेकी छन् । शिल्पाले सामाजिक संजालमा आफ्नाविरुद्ध आएका पोस्टहरु हटाउन माग गरेकी छन् । यस मद्दाको सुनुवाई आजै हुने भारतीय संचारमाध्यममा उल्लेख छ ।

अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा राज कुन्द्रालाई प्रहरीले दुईसाताअघि पक्राउ गरेको थियो । राजलाई थप अनुसन्धानका लागि अदालतले न्यायिक हिरासतमा पठाएको छ ।