निफ चौंथो संस्करणको अवार्ड वितरण सम्पन्न

निफ चौंथो संस्करणको अवार्ड वितरण सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । यही साउन १७ गते आइतबार भएको उक्त कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार तथा नेपालले जीतेको एउटा अन्तराष्ट्रि पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालले वियजी सिनेमा तथा सिनेकर्मीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका छन् ।

नेपाली फिचर सिनेमा प्रतियोगिताअन्तर्गत बेस्ट फिचर सिनेमा अवार्ड ‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै, वेष्ट पेन्डेमिक सिनेमा अन्तराष्ट्रिय प्रतिष्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद पचास हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरी नेपाली सर्टसिनेमा प्रतियोगिता अन्तर्गत राजेश प्रसाद खत्रीको अस्केयरक्रोले बेस्ट सर्टसिनेमा अवार्ड नगद पचास हजार र ट्रफी प्राप्त गरेको छ । पुरस्कार वितरण कार्यक्रममा वेष्ट सिनेमाटोग्राफि नेशनल फिचर सिनेमा  शिरिस गुरुङ (लाटो कोसेरो), वेष्ट स्क्रिन प्ले नेशलन फिचर सिनेमा सेर्गियो बासो (सरिता – टेल मि हु एम आई), वेष्ट एक्ट्रेस नेशनल फिचर सिनेमामा सरिता गिरी (लाटो कोसेरो), वेष्ट एक्टर नेशनल फिचर सिनेमामा नविन सिल्पकार (लाटो कोसेरो)ले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

अवार्ड वितरण कार्यक्रमा बोल्दै प्रमुख अतिथि दयाराम दहालले कोरोनाको कारण नेपाली सिनेमा गम्भिर अवस्था रहेको भन्दै यस क्षेत्र पुनः स्थापित गर्न सम्पुर्ण रुपले आफु लागि परेको बताएका छन् । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव नेपालको एकमात्र प्रतिनिधिमुलक अन्तराष्ट्रिय अवार्ड भएकोले सबै नेपाली सिनेमाकर्मीले साथ दिनुपर्ने उनले बताए । त्यस्तै, कार्यक्रम निफका संयोजक केपी पाठकले चौंथो संस्करण विजयी सिनेमाकर्मीहरुलाई बधाई दिदै आफ्ना केही तिता अनुभव पनि शेयर गरे ।