अक्षयको ‘बेलबटम’को ट्रेलर रिलिज

अक्षयको ‘बेलबटम’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘बेलबटम’ ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै सिनेमा १९ अगस्टमा रिलिज हुने बताएका छन् ।

सिनेमामा अक्षय एक जासूसको भुमिकामा देखिएका छन् । रञ्जित तिवारी निर्देशित सिनेमामा अक्षयसँगै वाणी कपुर, हुमा कुरेशी, लारा दत्तालगायत कलाकारको अभिनय छ ।

सन् १९८४ मा भएको विमान अपहरण घटनामा सिनेमा आधारित छ । लगातार पाँचपटक विमान अपहरणको घटनापछि छानविन गर्न भारतले एक जासूसलाई जिम्मा लगाएको थियो । जसको कोड नाम बेलबटम थियो र उक्त अपहरणमा २१० जनालाई बन्दी बनाइएको थियो ।