अल्लु अर्जुनको ‘पुष्पा’ क्रिसमसमा रिलिज हुने

अल्लु अर्जुनको ‘पुष्पा’ क्रिसमसमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ अभिनेता अल्लु अर्जुन अभिनित सिनेमा ‘पुष्पा’को रिलिज डेट सार्वजनिक भएको छ । अल्लु अर्जुनले सामाजिक सञ्जालमा पोस्ट गर्दै रिलिज डेट सार्वजनिक गरेका हुन् । यो सिनेमाको पहिलो भाग क्रिसमसको अवसर पारेर रिलिज हुनेछ ।

सिनेमा हिन्दी भाषासहित पाँच भाषामा रिलिज हुने बताइएको छ । सुकुमारले निर्देशन गरेको सिनेमामा अल्लु अर्जुनसँगै रश्मिका मंदाना, फहद फासिल, सुनिल, प्रकाश राज, दिपक शेट्टी लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाको दोस्रो भाग भने सन् २०२२ मा रिलिज हुनेछ ।

बक्स अफिसमा पुष्पाले अमिर खान अभिनित सिनेमा ‘लालसिंह चड्डा’सँग प्रतिस्पर्धा गर्ने भएको छ ।