सिनेमामा डेब्यू गर्दै रुविना

सिनेमामा डेब्यू गर्दै रुविना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बिग बोस–१४’ की विजेता रुविना दिलाइक सिनेमामा देखिने भएकी छन् । उनले पलास मुछालको डेब्यू निर्देशनमा बन्न लागेको सिनेमा ‘अर्ध’बाट सिनेमामा डेब्यु गर्न लागेकी हुन् ।

रुविनाले निर्माण टिमसँग औपचारिक सम्झौना गरिसकेकी छन् । यस सिनेमामा रुविनासँगै हितेश तेजवानी, राजपाल यादवलगायतको अभिनय रहनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार सिनेमा यही सेप्टेम्बरदेखि छायांकनमा जानेछ ।

रुविना हाल टेलिसिरियल ‘शक्ति’मा काम गरिरहेकी छन् । सानो पर्दामा लामो समयदेखि सक्रिय रुविनाले ‘छोटी बहु, राधिका शास्त्री, जीनी और जूजू, पुन विवाह २’ लगायत टेलिसिरियलमा काम गरिसकेकी छन् ।

-एजेन्सी