‘ओभरडोज’को ट्रेलर रिलिज

‘ओभरडोज’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकामा निर्माण गरिएको सिनेमा ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमामा लागु पदार्थ दुर्व्यसनको कथालाई समेटिएको छ । ट्रेलर हेनुहोस् :

सुमन पौडेलले निर्देशन गरेको सिनेमामा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदिक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा जिवन कुमार केसीको लगानी छ ।

गुच्ची भाईले छायांकन गरेको सिनेमालाई साजन कार्कीले सम्पादन गरेका छन् । उपेन्द्र पन्जियार र जुनियर मोरेनो सिनेका कथा तयार पारेका हुन् । सिनेमालाई जि.जि ग्रूपले उपत्यका र एफडि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ । यो सिनेमा मंसिर १७ गतेबाट रिलिज हुँदैछ ।