राजकुमार र पत्रलेखाको रोमान्टिक इन्गेजमेन्ट, आज विवाह गर्दै

राजकुमार र पत्रलेखाको रोमान्टिक इन्गेजमेन्ट, आज विवाह गर्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखाले इन्गेजमेन्ट गरेका छन् । उनीहरु १४ नोभेम्बरमा आज चन्डीगढमा विवाह गर्दैछन् ।

राजकुमार र पत्रलेखाको प्रि वेडिङ सेलिव्रेशनको भिडियो सामाजिक सञ्चालमा भाइरल भइरहेको छ । राजकुमारले रोमान्टिक अन्दाजमा पत्रलेखालाई औंठीको साथ प्रपोज गरेका थिए । उक्त भिडियोमा राजकुमारले घुँडा टेकेर पत्रलेखालाई ‘मसँग विवाह गर्छौं’ भनेर सोधेका छन् । पत्रलेखाले उनको प्रश्ताव स्विकार गरेपछि उनीहरुले रोमान्टिक गीतमा डान्स पनि गरेका थिए ।

उनीहरु ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । राजकुमार र पत्रलेखाले ‘सिटीलाईट’मा एकसाथ काम गरेका थिए ।