सत्यम्’मा उपासनाको ‘इन्ट्री’,मलिका बाहिरिईन्

सत्यम्’मा उपासनाको ‘इन्ट्री’,मलिका बाहिरिईन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं  –  महानायक राजेश हमालको मुख्य भूमिका रहेको सिनेमा सत्यम’बाट अभिनेत्री मलिका महत ‘ बाहिरिएकी छन् । उनको स्थानमा अब  अभिनेत्री उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन् । सिनेमाको कार्यशाला गर्ने समयसम्म पढाई अनलाइनमा हुने भन्ने थियो तर सोचेभन्दा अगाडी नै कलेजको फिजिकल क्लास हुने भएपछि उहाँले समय दिन सक्नुभएन, निर्माता रेशम सापकोटाले प्रष्ट पारे ।

यो सिनेमा माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।