राजकुमार र पत्रलेखाले गरे विवाह

राजकुमार र पत्रलेखाले गरे विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखाले बैवाहिक बन्धनमा बाधिएका छन् । उनीहरुले सोमबार चन्डिगढमा विवाह गरेका हुन् ।

राजकुमारले इन्स्ट्राग्राममा विवाहको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘११ वर्षको प्रेम, रोमान्स, दोस्ती र मस्तीपछि मैले आज मेरी आत्मा, मेरी सबैभन्दा असल साथी, आफ्नो हरेक चिजसँग विवाह गरेको छु । मेरो लागि तिम्रो पति बताउन पाउनु नै सबैभन्दा ठूलो खुशी हो । यो सधैंको लागि हुनेछ ।’

पत्रलेखाले बलिउडमा सिनेमा ‘सिटीलाइट’ बाट डेब्यू गरेकी थिइन् । उक्त सिनेमामा पत्रलेखा र राजकुमार रावसँग काम गरेका थिए ।