राज कटुवाल अब ‘राजा’

राज कटुवाल अब ‘राजा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राज कटुवाल यसअघिका प्रोजेक्टको तुलनामा यो पटक निकै एक्साईटेड छन् । बिहानै उठ्छन्, समयमै सुत्छन् । नियमित जिम धाउँछन् । खानपानमा पहिलाभन्दा अझ धेरै ध्यान दिएका छन् । ‘एक्स नाइन’ मा अनुबन्धित भएदेखी राजको दैनिकी परिवर्तन भएको छ। एक्स नाइनको तयारी गरिरहेका राजलाई  निर्देशक सुदर्शन  थापाले  सिनेमा  ‘राजा’ मा अनुबन्धित गरेपछी झन्  राजको सम्पूर्ण ध्यान यसैको वरि परि मात्र छ।

‘राजा को बारेमा , उनले द सिनेमा टाइम्ससँगको छोटो भेटघाटमा भने, ‘सिनेमाको कथा र मेरो भुमिकाअनुसार यसमा धेरै मिहेनत गर्नु पर्ने छ  । राजामार्फत केहि फरक भुमिकामा सिनेमाहलमा भेटिनेछु ।’ सिनेमा राजा बजेटका हिसाबले मात्रै होइन, एक्सन प्रधान र लभ स्टोरीका हिसाबले पनि लोभलाग्दो छ ।

यो सिनेमाको पुर्ण स्टोरी राजकै वरिपरी रहनेछ ।  उनले भने, ‘कम्तिमा सिनेमा हेरिरहेका दर्शकलाई २ घण्टा हलमा बाध्नुपर्नेछ । एक्सन, लभ, मनोरन्जनदेखि हरेक कुराले दर्शकलाई हलमा बसाईराख्नका लागि मेरो मिहेनत एकदमै  अपरिहार्य छ ।’

सुदर्शन थापाको निर्देशन तथा परशुराम बस्नेतको निर्माणमा बन्ने यो सिनेमामा राज लभ तथा एक्सन भुमिकामा प्रस्तुत हुँदैछन् । उनको यो भुमिकालाई दर्शकले मन पराउनेमा राज विश्वस्त छन् ।

राजले भने, ‘यसअघि दर्शकले मलाई राम्रोसँग नोटिस गर्न पाउनुभएन । किनभने अघिल्ला प्रोजेक्टमा कलाकारहरु पनि धेरै थियौं । सोचेजस्तो स्क्रिप्ट पनि भएन । अब यसपटक राज राजा बन्ने अथवा नबन्ने निर्णायक भुमिकामा काम गर्दैछु । पक्कैपनि सफल हुनेछु । मकवानपुरको हेटौडामा  जन्मिएका राज यस्ता अभिनेता हुन् जसले नेपाल आर्मिको लोभलाग्दो जागिर छाडेर मोडलिङमा इन्ट्रि गरेका हुन् ।

अंकगणित रुपमा हिसाब गर्दा राज मोडलिङ सुरु गरेको १० बर्ष भयो । यो बिचमा उनले बिजनेश स्टार्ट गरे । अभिनय क्लास लिए । केहि सिनेमामा काम गरे । तर, अहिलेसम्मको सबैभन्दा आशा गरिएको र भविष्य कुन बाटोमा जाने त्यो सिनेमा राजाले गर्ने उनी बताउँछन् ।

उनले काम गरेका सिनेमा लालटिन, संरक्षण, लिला हुन् । यी सिनेमापछि उनी चौथो प्रोजेक्टमा काम गर्दैछन् । तर, यसलाई उनले डेब्यु सिनेमा भन्न रुचाउँन् । भाषागत रुपमा भन्दा त यो चौथो प्रोजेक्ट भन्नुपर्छ । उनी भन्छन्, ‘स–साना भुमिका र दर्शकले नोटिस नगर्ने भुमिकालाई डेब्यु भन्न मिल्दैन । एज अ एक्टर सिनेमा राजा डेब्यु हो । यो सिनेमापछि मेरो यात्रा सुखद् रहने अपेक्षा गरेको छु ।’

सिनेमा ‘राजा’ लभ तथा एक्सन बिधामा निर्माण हुँदैछ । लभ स्टोरी सिनेमा बनाउन माहिर मानिएका निर्देशक सुदर्शन थापाले राजलाई राजा बनाउन निकै मिहेनत गरिरहेका छन् । स्क्रिप्ट राइटर शिवम् अधिकारीले राजको क्यारेक्टर मजबुत गराउन हरसम्भव लागिरहेका छन् । आगामी माघबाट छायांकनमा जानेगरी सिनेमाको काम भइरहेको छ ।