सुजिता मिस युनिभर्समा भाग लिन इजरायलतर्फ प्रस्थान

सुजिता मिस युनिभर्समा भाग लिन इजरायलतर्फ प्रस्थान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिस युनिभर्सको विश्व प्रतिस्पर्धामा भाग लिन मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल प्रस्थान गरेकी छिन् ।

मिस युनिभर्सको ७०औँ संस्करणमा भाग लिन युनिभर्स’ उनी शनिबार राती त्यसतर्फ प्रस्थान गरेकी हुन् । काठमाडौं विमानस्थलमा उनलाई आयोजक संस्थाकी निर्देशक नग्मा श्रेष्ठ लगायतले बिदाइ गरिन् ।

इजरायलतर्फ प्रस्थान गर्नुअघि मिडियासँग कुरा गर्दै उनले ताज जित्न अधिकतम प्रयत्न गर्ने बताइन् । उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफूले भाग लिन लागेको उनको भनाई छ ।

गत महिना राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालीमा उनले उपाधि जितेकी थिइन् । अन्तर्राष्ट्रिय स्पर्धाका लागि सुजिताले नेपालको चिनारी झल्कने कस्ट्युम प्रस्तुत गर्ने भएकी छिन् ।

‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ ।