‘यो साइनो मायाको’ अभिनेत्री रेश्मा घिमिरे विवाह बन्धनमा बाँधिइन्

‘यो साइनो मायाको’ अभिनेत्री रेश्मा घिमिरे विवाह बन्धनमा बाँधिइन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् ।

रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही सिनेमाकर्मीको मात्र उपस्थिति छ । अभिनेत्री वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा नजिकका साथी हुन् ।

रेश्माले गत वर्ष अमेरिकामा रहेका प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा नेपाली म्युजिक भिडियोमा सफल मोडल हुन् ।

रेश्मा टिकटकबाट निक्कै चर्चामा आएकी थिइन् । उसो त, रेश्माले केही वर्ष अगाडि ‘यो साइनो मायाको’ सिनेमामा पनि काम गरेकी थिइन् । तर, यो सिनेमा असफल भएपछि रेश्मा मनोरञ्जन क्षेत्रबाट टाढा बसेकी थिइन् । तर, टिकटकको लोकप्रियतासँगै उनको पनि दोस्रो इनिङ्स शुरु भएको मानिन्छ ।

रेश्मालाई हाल सिनेमाबाट अफर पनि राम्रै आइरहेको छ । तर उनले चित्त बुझ्दो भुमिका नआएकाले कुनैपनि सिनेमा साइन नगरेको बताउँछिन् ।