मुकुन्दको ‘एक्स नाइन’मा अभिनेता सुधाम्शु जोशी अनुबन्धित

मुकुन्दको ‘एक्स नाइन’मा अभिनेता सुधाम्शु जोशी अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहने सिनेमा ‘एक्स-नाइन’ (लेवल १) मा सुधाम्शु जोशी अनुबन्धित भएका छन् । एक समयका चर्चित अभिनेता जोशी लामो समयपछि सिनेमामा कमव्याक गर्न लागेका हुन् । हाल उनी अमेरिकामा बसोवास गरिरहेका छन् ।

‘जाली रुमाल’ अभिनेता सुधाम्शु सिनेमा निर्माता समेत हुन् । उनले ‘नेपाल’ नाममा सिनेमा निर्माण गरेका थिए । यो सिनेमा बक्सअफिसमा असफल भएपछि अमेरिका गएका उनले ‘विषालु, रणभूमि, हत्या’लगायतका दर्जन सिनेमामा काम गरेका छन् ।

सिनेमाको छायांकन पौष तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् ।

निर्मल कुमार मिश्र कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा विरेन्द्र बहादुर कँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, बिदुर घन्टे र प्रदीप थापा रहेका छन् । एक्सन थ्रिलर सिनेमामा सुपरस्टार अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवालको पनि अभिनय रहनेछ ।

निर्माण टिम बलिउड अभिनेता सुनील शेट्टीसँग भिलेनको भुमिकामा अनुबन्धित गर्न एक चरण भेटिसकेको छ । अब चाँडै भेटेर आधिकारिक सम्झौता गर्ने तयारी निर्माण टिमको छ । यस्तै सिनेमालाई नेटफ्लिक्समा पनि रिलिज गर्ने निर्माण टिमको योजना छ ।