२० वर्षपछि ‘गदर २’ मा एकसाथ सनी र अमीषा

२० वर्षपछि ‘गदर २’ मा एकसाथ सनी र अमीषा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड पीरियड ड्रामा सिनेमा ‘गदर’को दोस्रो पार्टको छायांकन सुरु भएको छ । छायांकन सेटबाट अभिनेत्री अमीषा पटेलले एक तस्बिर सेयर गरेकी छन् । जसमा उनी सकीनाको गेटअपमा देखिएकी छन् । भने सनी देओल तारा सिंहको गेटअपमा देखिएका छन् ।

अनिल शर्माले निर्देशन गरिरहेको सिनेमामा सनी देओल र अमीषा पटेलको बाहेक उत्कर्ष शर्माको पनि मुख्य भुमिका रहनेछ । उत्कर्ष निर्देशक अनिल शर्माका छोरा हुन् । उनी ‘गदर’मा सनी देओलको छोरा जीतेको भुमिकामा देखिएका थिए । यो सिनेमा २०२२ रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

‘गदर २’ मार्फत २० वर्षपछि सनी र अमीषा एकसाथ देखिदैछन् । उनीहरु पछिल्लो समय ‘भैयाजी सुपरहिट’मा देखिएका थिए ।