आफुले पढेको विद्यालयलाई ‘बाउन्सर’ हिरो प्रशान्त गिरीको सहयोग

आफुले पढेको विद्यालयलाई ‘बाउन्सर’ हिरो प्रशान्त गिरीको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बाउन्सर’ रिलिज पश्चात अमेरिका पुगेका अभिनेता प्रशान्त गिरी यतिवेला नेपालमा छन् । नेपाल फर्केर उनी अहिले समाजसेवामा सक्रिए भएका छन् । उनले केहीदिन पहिले काभ्रे पुगेर आफुले पढेको विद्यालयलाई प्रिन्टिङ्ग मेसिन लगायतका सामाग्रीसहित विद्यालय रंङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् ।

नेपाल फर्केर गिरी पेट्रोलियम पदार्थ र रेष्टुरेन्ट व्यावसायमा समेत सक्रिय भएका छन् । उनी अब चाँडै सिनेमा निर्माण तथा अभिनयमा पनि फर्किने तयारीमा समेत छन् । उनले ‘बाउन्सर’ रिलिज लगत्तै निर्माण घोषणा गरेका सिनेमा ‘बजरंगी’को काम अगाडी बढाउने तयारीमा छन् ।

‘थ्याकंयु’बाट नेपाली सिनेमामा डेव्यु गरेका गिरी हरर सिनेमा ‘साइना’मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । अब आफु ‘बजरंगी’बाट निर्माण अभिनयमा फर्किने तयारी रहेको बताउँछन् । यो सिनेमाको हाल स्कृप्ट लेखनको काम भैरहेको अर्को वर्षको मध्येबाट छायांकन थाल्ने तयारीमा छन् गिरी । उनी अमेरिकामा पनि ग्याँस र लिक्युड लगायतका व्यावसायमा सक्रिय छन् ।