‘ओभरडोज’ दर्शकले मन पराउँछन् : प्रनिश

‘ओभरडोज’ दर्शकले मन पराउँछन् : प्रनिश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबार अर्थात मंसिर १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ओभरडोज’का मुख्य अभिनेता प्रनिशराज पन्तले सिनेमालाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् ।

अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त सिनेमा प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन् । ‘एकदमै मेहनत गरेको थिए । सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । सिनेमालाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु’ पन्तले भने ।

 

ओभरडोज उनको डेव्यु सिनेमा हो । उनले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताए । ‘पहिले घरबाट सपोर्ट थिएन् । बाहिर गएपछि अभिनयको बाटो खुल्यो’ उनले भने । राम्रो सिनेमाबाट अफर आए सँधै काम गर्न तयार रहेको बताए ।

अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाँकन गरिएको छ । सुमन पौडेलको कथा एवं निर्देशन रहेको सिनेमामा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ । अभिनेता पन्तले सिनेमामा फ्रेण्डसिप र धोकाको कथा पनि देखाईएको बताए ।

सिनेमामा प्रनिशका अलवा सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको सिनेमाको निर्माता जीवनकुमार केसी हुन् । गुच्ची भाईको छायांकन रहेको सिनेमालाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जिजिए ग्रुपले उपत्यका र एफडि कम्पनीले उपत्यका बाहिर वितरणको जिम्मा लिएका छन् ।