विजय र केके काठमाडौंमा ‘फेक’को छायांकन गर्दै

विजय र केके काठमाडौंमा ‘फेक’को छायांकन गर्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय वेब सिरिज फेकको छायांकन हाल नेपालमा भइरहेको छ । शनिबार कलाकार र प्राविधिकको टिम काठमाडौं आएपछि आइतबारबाट वेब सिरिजको छायांकन सुरु भएको छ । यो सिरिजको बुधबारसम्म नेपालमा छायांकन हुने बताइएको छ ।

आइतबार तीनकुने र एयरपोर्टमा वेब सिरिजको छायांकन भएको थियो । भने सोमबार बसन्तपुरको दरवार स्क्वायर क्षेत्रमा छायांकन भएको थियो । सिरिजमा साउथ सुपरस्टार विजय सेतुपती, बलिउड अभिनेता शाहिद कपूर, केके मेनन लगायतको मुख्य भूमिका रहेको छ । नेपालमा आफ्नो सिन नभएकाले शाहिद काठमाडौं आएका छैनन् ।

विजय सेतुपती र केके मेननले भने तीन दिनदेखि काठमाडौंमा वेब सिरिजको छायांकन गरिरहेका छन् । वेब सिरिजका कलाकारदेखि प्राविधिक टिमलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको छ । यो वेब सिरिजका निर्देशक राज एण्ड डिके हुन् । सिरिजमा नेपालका केही फाइटरहरुले पनि काम गरिरहेका छन् । नेपालअघि ‘फेक’ को मुम्बईमा छायांकन भएको थियो ।

केहि समय अगाडी बलिउड सिनेमा ‘उचाइँ’को पनि नेपालमा छायांकन भएको थियो ।