२४ दिनमै सकियो ‘बुलाकी’को छायांकन

२४ दिनमै सकियो ‘बुलाकी’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लक्ष्मण सुनार निर्देशित सिनेमा ‘बुलाकी’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २४औं दिनमा सिनेमाको डोल्पा छायांकन सकिएको हो ।

सिनेमाको दुई गीत छायांकन गर्न बाँकी राखेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । बाँकी रहेको गीतको छायांकन पुषपछि गर्ने बताइएको छ । भने सिनेमा सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।

जारी प्रथामा बनेको सिनेमामा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ । सिनेमामा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय देख्न पाइन्छ ।

मोति विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको सिनेमाको कथा राज बहादुर साने र पटकथा तथा संवाद निर्देशक सुनार र निर्मल पौडेल, बिराज बिष्ट र सानेले मिलेर लेखेका हुन् । सौगात कँडेल सह-निर्माता सिनेमालाई शिव ढकालले खिचेका हुन् ।