आयुष्मानको ‘चन्डीगढ करे आशिकी’को औसत सुरुवात

आयुष्मानको ‘चन्डीगढ करे आशिकी’को औसत सुरुवात

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आयुष्मान खुराना र अभिनेत्री वाणी कपूर अभिनित सिनेमा ‘चन्डीगढ करे आशिकी’ मंसिर २४ गते शुक्रबारदेखि प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिनमा सिनेमाले भारु. ३ करोड ७५ लाख कलेक्सन गरेको छ ।

त्यस्तै, दोस्रो दिन शनिबार सिनेमाले भारु. ४ करोड ५० लाख बक्स अफिसमा कलेक्सन गरेको छ । योसंगै सिनेमाले प्रदर्शनमा आएको दुई दिनमा ८ करोड २५ को व्यापार गरेको छ । यो सिनेमा भारतमा २५०० स्क्रीन्समा रिलिज भएको छ । अन्य देशमा ५०० स्क्रीन्समा रिलिज भएको छ ।

सिनेमामा आयुष्मान बडी बिल्डरको भूमिकामा देखिएका छन् । भने वाणीले ‘ट्रान्स वुमन’को भूमिका निभाएकी छन् । सिनेमालाई अभिषेक कपुरले निर्देशन गरेका हुन् ।