‘चपली हाईट ३’ पोष्टपोन्ड, अब पौष १५ मा रिलिज हुने

‘चपली हाईट ३’ पोष्टपोन्ड, अब पौष १५ मा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात पौष २ गतेबाट प्रदर्शन हुने भनिएको सिनेमा ‘चपली हाईट ३’ पोष्टपोन्ड गरिएको छ । निर्माण कम्पनिले एक विज्ञप्ती जारी गर्दै सिनेमा रिलिज पोष्टपोन्ड भएको जानकारी गराएको हो ।

अब यो सिनेमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १५ गतेबाट रिलिज हुनेछ । उक्त मितिमा नेपाली सिनेमा कठपुतलीका अलवा बलिउड सिनेमा जर्सीसँग बक्सअफिसमा भिड्ने छ । निर्माता अर्जुन कुमारले विविध कारणले सिनेमाको प्रदर्शन मिति दुई साता पर सार्नु परेको जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘चपली हाइट’को तेस्रो सिरिजमा स्वस्तिमाका अलवा सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

अर्जुन कुमारको लगानी रहेको सिनेमालाई निकेश खड्काले निर्देशन गरेका हुन् । सिनेमामा पुरुषेत्तम प्रधानको छायांकन, सुवास भुषाल र अर्जुन कुमारको संगीत, उत्तम न्यौपानेको ब्यागराउण्ड स्कोर र दीर्घ खड्काको सम्पादन रहेको छ ।