करीना र अमृतालाई कोरोना संक्रमण

करीना र अमृतालाई कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री करीना कपूर खान र अमृता अरोडालाई कोरोना संंक्रमण भएको छ । उनीहरु दुवै करण जोहरको ‘कभि खुशी कभी गम’को २० वर्ष पुरा भएको पार्टीमा सहभागी भएका थिए । साथै उनीहरु रिया कपूरको हाउस ग्यादरिङमा पनि सहभागी थिए ।

उक्त पार्टीमा अन्य थुप्रै बलिउड कलाकार पनि सहभागी थिए । करीना र अमृतालाई कोरोना संक्रमण भेटिएसँगै उनीहरुको सम्पर्कमा आउने सबैलाई कोरोना परिक्षण गर्न बिएमसीले आग्रह गरेको छ ।

हाल दुवै अभिनेत्री आफ्नै घरमा आइसोलेसनमा बसिरहेका छन् ।