विकास बोर्डको सहयोगमा दाङमा सिनेमा निर्माण कार्यशाला गरिने

विकास बोर्डको सहयोगमा दाङमा सिनेमा निर्माण कार्यशाला गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिने उद्देश्यले दाङको घोराहीमा नयाँ पुस्ताका सिनेमाकर्मीका लागि लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ ।

पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आयोजना गरिने कार्यशालामा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिनेछन् । पाँचदिने कार्याशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले मोफसलका सिनेमाकर्मीलाई मूलधारमा जोड्न कार्यशाला महत्वपूर्ण हुने बताए । उनले भने, ‘मोफसलमा रहेका सिनेमाकर्मीहरुलाई सिनेमा निर्माणको राष्ट्रिय मूलधारमा जोड्न र मौलिक तथा सार्थक सिनेमा निर्माणको वातावरण बनाउन कार्यशाला निकै महत्त्वपूर्ण हुने विश्वास छ ।’