विराटनगरमा ‘आदिवासी सिनेमा महोत्सव २०७८’ आयोजना हुने

विराटनगरमा ‘आदिवासी सिनेमा महोत्सव २०७८’ आयोजना हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पहिलो पटक मोफसलमा ‘आदिवासी सिनेमा महोत्सव २०७८’ आयोजना हुने भएको छ । विराटनगरमा पुष ९ र १० गते महोत्सव हुँदैछ । २ दिनसम्म चल्ने उक्त महोत्सव प्रदेश १ को राजधानी विराटनगरमा हुनेछ । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको सिनेमाहरु प्रदर्शन गरिनेछ ।

राजवंशी सिनेमाकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । महोत्सवमा प्रदर्शन हुने सिनेमाहरु मध्येबाट उत्कृष्ट सिनेमालाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिने र त्यसका लागि विभिन्न भाषा-भाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति गठन गरिने राजवंशी सिनेमा समाद समितिले जनाएको छ ।

प्रदेश नंम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गर्ने महोत्सवको समापन (पुष १० गते) विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गर्नेछन् । आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले जानकारी दिए ।