लघु सिनेमा ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा सार्वजनिक

लघु सिनेमा ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – करिब १ घन्टा लामो लघु सिनेमा ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा सार्वजनिक भएको छ । सिनेमामा श्रृजना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघाली लगायतका कलाकारकोे मुख्य भूमिका रहेको छ ।

वाई के फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमालाई युगल पोेमो लिम्बुले निर्देशन गरेका हुन् । मुलधारको सिनेमा भन्दा केही फरक कथामा निर्माण भएकोे सिनेमामा हिमाली भेगको जनजीवनलाई चित्रण गरिएकोे छ । यो सिनेमाकोे समपुर्ण छायांकन धादिङको रुबी भ्यालीमा गरिएको थियो ।

विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सिनेमा महोेत्सवमा समेत सिनेमा सहभागी भैसकेको छ । सिनेमामा दिप्त प्रकाश कश्यपको पटकथा, मिन कुमार बिष्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत लेखन, टंकराज लंघालीकोे मुख्य सहायक निर्देशन छ ।

सिनेमामा वुद्द थापाको छायांकन, अनिल कुमार महर्जनकोे सम्पादन, विक्रम स्वारकोे स्वर तथा संगीत छ । श्याम इंगनाम, रेजिना साववा, हिम सिंघकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता हेमराज अनछङ्बोे र लोकराज आङ्बुहाङ हुन् ।