माघमा तीन दिने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ हुने

माघमा तीन दिने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सेलिब्रेटी नेपालले आगामी माघको अन्तिम साता तीन दिने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ आयोजना गर्ने भएको छ । ग्रामीण बजारमा नेपाली सिनेमालाई पुर्‍याउने उद्देश्य आयोजकले राखेका छन् । तर, महोत्सव स्थान भने आयोजकले तोकेका छैनन् ।

गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट सिनेमा, डकुमेन्ट्री र फिचर सिनेमालाई ग्रामीण क्षेत्रका दर्शकमाझ प्रदर्शन गरिने र उत्कृष्ट सिनेमालाई अवार्ड दिइने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताएका छन् ।

उनका अनुसार विभिन्न भाषाभाषीका सिनेमासँगै मोबाइलबाट खिचिएका सिनेमालाई पनि प्रदर्शन गरिनेछ । साथै ग्रामीण परिवेशलाई समेटेर कस्ता सिनेमा बनाउने र कस्ता सिनेमाले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ ।