विवादमा सनी र अमीषाको ‘गदर २’

विवादमा सनी र अमीषाको ‘गदर २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलको सिनेमा ‘गदर २’ हिमाचल प्रदेशमा छायांकन भइरहेको छ । सिनेमाको छायांकन सुरु हुने बित्तिकै विवादमा फसेको छ ।

भारतीय मिडियाका अनुसार सिनेमाको छायांकन भइरहेको घरधनीले निर्मातालाई घर प्रयोग गरेबापत पैसा नदिएको आरोप लगाएका छन् । घरधनी देशराज शर्माले सिनेमा छायांकनअघि निर्माताले आफूलाई दिने भनिएको पूरा रकम अहिले दिन नमानिरहेको आरोप लगाएका हुन् ।

‘जति पैसा कम्पनीले सुटिङपछि दिने भनिएको थियो । अहिले कम्पनीले दिन मानेको छैन । सिनेमाको सुटिङका लागि तीन कोठा र एक हलको प्रयोग गरेबापत प्रतिदिन ११ हजार रुपैयाँ दिने सहमति भएको थियो । तर, उनीहरूले सिनेमाका लागि पूरा घरसँगै २ कनाल जमीन र मेरो ठूलो दाइको घर पनि प्रयोग गरेका छन्,’ उनले भने ।

घरका मालिकले सुटिङ अवधिमा घरमा भएको नोक्सानलाई समेत जोडेर ५६ लाख रुपैयाँको बिल निर्मातालाई बुझाएपछि यो विवाद सुरु भएको हो ।