अक्षय र सोनाक्षीको ‘राउडी राठौर’को सिक्वेल बन्ने

अक्षय र सोनाक्षीको ‘राउडी राठौर’को सिक्वेल बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको सिनेमा ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । सिनेमा ‘बाहुबली’का निर्देशक एसएस राजामौलीको पिता लेखक केवी विजयेन्द्र प्रसादले यसको पुष्टि गरेका छन् ।

उनी आफैँ यसको सिक्वेल लेखिरहेका छन् । उनका अनुसार सञ्जयलीला भन्सालीले उनलाई सिक्वेल लेख्नका लागि प्रस्ताव गरेका थिए । उनले नै यसको ओरिजिनल तेलुगू सिनेमाको कथा लेखेका हुन् । तर सिक्वेलको कथा भने केवल हिन्दी भर्सनलाई मात्र हुनेछ ।

सिनेमाको सिक्वेलमा अघिल्लो सिरिजका अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हा नै दोहोरिने छन् । सिनेमाको छायांकन सन् २०२२ बाटै सुरु हुनेछ ।

एजेन्सी