शुक्रवारबाट नेपाली सिनेमा ‘चुरीफुरी’ रिलिज

शुक्रवारबाट नेपाली सिनेमा ‘चुरीफुरी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रवारबाट नेपाली सिनेमा ‘चुरीफुरी’ रिलिज गरिएको छ । प्रचार प्रसार बिनै रिलिज भएको सिनेमाले बक्सअफिसमा कमजोर सुरुवात गर्ने अपेक्षा हलले दिएको शोजले देखाउँछ ।

तर निर्देशक ऋषिराज आचार्य आफुले कन्टेन्टमा काम गरेकाले सिनेमाले राम्रो व्यापार गर्ने दावी गर्छन् । नेपालको सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले एक शोज पनि दिएको छैन् भने अन्य हलले पनि यो सिनेमालाई खासै महत्व दिएका छैनन् ।

विदेशी सिनेमाको चुनौतीबीच प्रदर्शनको आँट गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा न्यून शो पाएको हो । सिंगल हल भने सिनेमालाई तीन दर्जन बढी मिलेको बताइएको छ । राहुल राईले खिचेको सिनेमालाई नवीन निरौलाको सम्पादन रहेको छ ।

रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुरवीर पण्डित, पवन खतिवडा, सुबोध गौतम, अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यको अभिनय रहेको सिनेमाको स्क्रिप्ट निर्देशक आचार्य आफैंले लेखेका हुन् ।

यस्तै शुक्रवार बाट नेपालका मल्टीप्लेक्स हलहरुमा बलिउड सिनेमा ‘अतरंगी रे’ पनि प्रदर्शनमा आएको छ । ओटीटी प्लेटफर्मका लागि बनाइएको सिनेमा भारतका हलमा भने प्रदर्शन भएको छैन । अक्षय कुमार, सारा अली खान, धनुषको मुख्य भूमिका रहेको सिनेमा वितरकले नेपाल भित्राएका हुन् । आजैबाट हलिउड सिनेमा ‘म्याट्रिक्स’ पनि रिलिज भएको छ ।