‘बडे मियाँ छोटे मियाँ’को सिक्वेलमा अक्षय र टाइगर

‘बडे मियाँ छोटे मियाँ’को सिक्वेलमा अक्षय र टाइगर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफले एकसाथ सिनेमामा देखिने भएका छन् । उनीहरु सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को सिक्वेलमा देखिने भारतीय मिडियाले उल्लेख गरेको छ ।

अली अब्बास जफरको निर्देशन रहने सिनेमामा अक्षय र टाइगर मुख्य भूमिकामा देखिनेछन् । यो सिनेमाको छायांकन २०२२ बाट सुरु हुने बताइएको छ । भने २०२३ रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

डेभिड धवनको निर्देशन रहेको सिनेमा ‘बडे मियाँ छोडे मियाँ’ सन् १९९८ मा रिलिज भएको थियो । यसमा अभिनेता अमिताभ बच्चन र गोविन्द मुख्य भूमिकामा देखिएका थिए । उनीहरुसँगै सिनेमामा रविना टण्डन, रम्या कृष्णन, अनुपम खेर, परेश रावल, शरत सक्सेना र सतीश कौशिक लगायतका कलाकारहको पनि अभिनय थियो ।