एबी इन्टरनेशलको ‘हनी बनी’ निर्माण घोषणा

एबी इन्टरनेशलको ‘हनी बनी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एबी इन्टरनेशलको तेस्रो प्रस्तुती रहने सिनेमा ‘हनी बनी’को निर्माण घोषणा गरिएको छ । यो सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटको सहकार्य रहने सिनेमा अप्रिलबाट फ्लोरमा जानेछ । सिनेमाको मुख्य भुमिकामा ‘सम्हालिन्छ कहिले मन’बाट डेव्यु गरेका अभिनेता सोनम तोप्देनको सम्भावना छ । भने मुख्य अभिनेत्री र छायांकार भारतबाट ल्याउने तयारी भैरहेको निर्माता अजित कुमार थापाले बताए ।

अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम हुन् । लभस्टोरी जनरामा निर्माण हुने सिनेमाको लागत ७ करोड अनुमान गरिएको छ । केही हप्तामा ‘हनी बनी’का लागि अडिसन आह्वान गरेर पनि कलाकार छनोट गरिने जानकारी निर्माण टिमले दिएको छ ।

यस्तै यही टिमले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमाको पहिलो गीत यही महिनाभित्र रिलिज गर्ने तयारी निर्माण टिमको छ ।