‘बुलबुल’लाई इन्दुज भ्याली इन्टरनेसनल सिनेमा महोत्सवमा तीन अवार्ड

‘बुलबुल’लाई इन्दुज भ्याली इन्टरनेसनल सिनेमा महोत्सवमा तीन अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – इन्दुज भ्याली इन्टरनेसनल सिनेमा महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’ले तीन अवार्ड जितेको छ । तीन वर्षअघि प्रदर्शनमा आएको सिनेमाले निर्देशक, अभिनेता र अभिनेत्री गरी तीन विधामा अवार्ड जितेको हो ।

सिनेमाबाट निर्देशकको रुपमा विनोद पौडेलले अवार्ड जिते भने सिनेमाबाट स्वस्तिमा खड्का र मुकुन भुसालले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारे । भर्चुअल माध्येमबाट सञ्चालन भएको सिनेमा महोत्सवमा नेपालबाट सहभागी भएको इटलियन सिनेमा ‘सरिता’ले पनि दुई अवार्ड जितेको छ ।

सिनेमाले कोरियोग्राफी र पटकथामा दुई अवार्ड जितेको हो । सिनेमालाई सर्जियो बास्सोले निर्देशन गरेका हुन् । सिनेमाको छायांकन भने रविन आचार्यले गरेका हुन् । साउथ एसियाका विभिन्न सहरमा आयोजना गर्ने लक्ष्यसहित सन् २०१९ मा सुरु भएको सिनेमा महोत्सव काठमाडौँमा पनि आयोजना गर्ने योजना आयोजकको कम्पनिको छ ।