साउथ एसियन सिनेमा महोत्सवमा ‘महानगर’को स्क्रिनिङ हुने

साउथ एसियन सिनेमा महोत्सवमा ‘महानगर’को स्क्रिनिङ हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जनवरी १६ देखि ३० सम्म भर्चुअल रुपमा चल्ने डीसी साउथ एसियन सिनेमा महोत्सवमा नेपाली सिनेमा ‘महानगर’को पनि स्क्रिनिङ हुने भएको छ । मोहन राई निर्देशित सिनेमा उद्घाटनको दिन प्रदर्शन हुने आयोजक टिमले जनाएको छ ।

भारतको कोलकाता सिनेमा महोत्सवबाट वल्र्ड प्रिमियर भएको महानगरले अमेरिकाको ब्रुकलिन सिनेमा महोत्सवमा पनि छनौट भएको थियो । एक रातको कथा भन्ने सिनेमा हालै मात्र पोखरामा सम्पन्न ५ औँ पामे सिनेमा महोत्सवमा पनि देखाइएको थियो ।

मोहन राईकै लेखन रहेको सिनेमामा कर्मा र मेनुका प्रधानले मुख्य भूमिका निर्वाह गरेका छन् । एउटा सानो दुर्घटनाले भेटिने दुवैको जीवनमा एक रातमा घटने घटनालाई सिनेमामा प्रस्तुत गरिएको छ । निर्माण कम्पनिका अनुसार महानगर चाँडै नै नेपालमा प्रदर्शन हुने तयारीमा छ ।