माघको दोस्रो साताबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’

माघको दोस्रो साताबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघको दोस्रो साताबाट ‘कमेडी क्लब विथ च्याम्पियन्स’ दर्शकमाझ ल्याउने भएका छन् । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा की इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले ७ जना कलाकारलाई राखेर कार्यक्रम तयार गर्न लागिएको जानकारी गराइएको थियो ।

हरेक सोमबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलभिजनमा प्रसारण हुने कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’ का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की रहेका छन् ।

‘कमेडी च्याम्पियन १ र २’ का अन्य कलाकारहरुले पनि विभिन्न भागमा उपस्थिति जनाउने आयोजकले बताएको छ । कमेडी क्लब विथ च्याम्पियन्समा कलाकारहरुले विभिन्न विषयमा कमेडीमार्फत दर्शकलाई हँसाउने प्रयास गर्नेछन् । आयोजकले आफ्नो शोजलाई नेपालकै ठूलो कमेडी शोज समेत भनेको छ ।

‘कमेडी क्लब विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारीले एउटा फरक शैलीको कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरिएको बताए । दर्शकले यो शोलाई पनि माया गर्ने उनको विश्वास छ । साथै कार्यक्रमले नयाँ उचाइ प्राप्त गर्ने विश्वास की एड्भरटाइजिङका प्रमुख रविन्द्रकुमार रिजालले पनि लिएका छन् ।

यसअघि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुँदै आएको समयमा अब नयाँ कमेडी कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ आउन लागेको हो ।