‘चपली हाईट ३’ प्रचारको दौडधुपमा अर्जुन कुमार

‘चपली हाईट ३’ प्रचारको दौडधुपमा अर्जुन कुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चपली हाईट ३’ को प्रचार-प्रसारमा अहिले निर्माता अर्जुन कुमार तीव्र गतीमा लागि रहेका छन् । पटक-पटक सिनेमाको प्रदर्शन मिति सरेपछि अहिले कलाकार सिनेमाको प्रचारमा छैनन् । त्यसैले पनि निर्माता अर्जुन एक्लै सिनेमाको प्रचारमा दौडिरहेका छन् ।

गत शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘कठपुतली’ले राम्रो संख्यामा दर्शक हलमा पुगेपछि चपली हाईटले अझै राम्रो विजनेश गर्ने विश्वास निर्माण टिमलाई छ । सिनेमाको दर्शकमाझ राम्रै चर्चा रहेकाले पनि व्यापारमा निकै फाइदा हुनेछ । यस्तै सोही मितिमा प्रदर्शन हुने बलिउड सिनेमा पोष्टपोन्ड भएकाले पनि सिनेमाको व्यापारमा ठुलो सहयोग हुनेछ ।

हुन त, ‘चपली हाइट ३’ का कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतले दुई चरण सिनेमाको प्रचार गर्न कुनै कसर छाडेका थिएनन् । दुई वर्ष सिनेमा हल बन्द भएर यसपालीको दशैंबाट हलहरु पूर्ण रुपमा खुलेपछि सिनेमाले पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गर्यो । यो बेला पनि सिनेमाका मुख्य कलाकारहरुले सबै काम छाडेर प्रचार-प्रसारमा साथ दिए । तर, यही मितिमा साउथ सिनेमा ‘पुष्पा’ को हिन्दी डब र हलिउड सिनेमा ‘स्पाइडर म्यान : नो वे होम’ प्रदर्शनमा आउने भएपछि ‘चपली हाइट ३’ पुष १५ हुँदै पुष ३० मा पुगेको छ ।

यतिबेला निर्माता अर्जुन कुमार आफ्नै हिसाबले सिनेमाको प्रचार गरिरहेका छन् । शहरका भित्तामा पोस्टर टाङ्गनदेखि थर्मसमा स्टिकर टाँस्नसम्म उनी आफैं दौडिएका छन् । उनले कलाकारको साथ पनि खोजेका छैनन् । सिनेमालाई म्युजिक भिडियोका व्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।