‘चुरिफुरी’ले दिएको मनोरञ्जन र सन्देश नै सफलता : निर्देशक आचार्य

‘चुरिफुरी’ले दिएको मनोरञ्जन र सन्देश नै सफलता : निर्देशक आचार्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष ९ गतेबाट रिलिज भएको सिनेमा ‘चुरीफुरी’लाई दर्शकले रुचाएको दाबी निर्देशक ऋषिराज आचार्यले गरेका छन् । रिलिजको पहिलो साता बलिउड र हलिउड सिनेमाको सिनेमाले निकै न्युन शोज पाएता पनि दोस्रो साताबाट दर्शकको राम्रो साथ पाएको निर्देशक आचार्यले बताए ।

गत शुक्रबादेखि ‘चुरीफुरी’ दाङ, घोराहीको स्वर्गदारी सिनेमा हल, महेन्द्रनगरको लबकुश सिनेमा हल, बुटवलको भ्यु सिनेमालगायतका हलमा प्रदर्शन भएको छ । सामाजीक कथामा हाँस्य रस मिलाएर निर्माण गरिएको सिनेमालाई ‘माउथ पब्लिसिटी’ ले निकै सहयोग गरेको छ । ‘सिनेमा हेरेका जति दर्शकले निकै मन पराएका छन्,’ निर्देशक आचार्य भन्छन्, ‘दर्शकलाई सिनेमाले दिएको मनोरञ्जन र सन्देशलाई स्वीकार गरेका छन् । यही नै मेरो सफलता हो ।’

आरबी मुभीजको ब्यानरमा निर्मित सिनेमामा अध्ययनका लागि बिदेश जाने युवा, कन्सल्टेन्सीले गर्ने ब्यबहार, प्रेममा हुने धोकलगायतका बिषय उठान गरिएको छ । सिनेमामा अभिषेक श्रेष्ठ, रबिन्द्र झा, सुरवीर पण्डित, शिसिर भण्डारी, पूजा पन्त, सोना बज्राचार्य, रिन्छिन गुरुङ, राजीवजंग बस्नेत, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, ऋतु आचार्य, अमिशा बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक आचार्यकै लेखन रहेको सिनेमाको निर्मातामा निर्देशक आचार्य स्वयम्, बिमला भुसाल, रिना भण्डारी, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी छन् । नवीन निरौलाले सम्पादन गरेको सिनेमाका गीतमा दीपक शर्माको संगीत र भीमफेदी गाइजको कोरियोग्राफी छ । स्वदेशको प्रदर्शन पछि दुवई, कतार, अष्ट्रेलिया,अमेरिकालगायतका देशमा ‘चुरीफुरी’ देखाइने जानकारी निर्देशक आचार्यले दिएका छन् ।