कोभिड निमोनिया भएपछि गायिका लता मंगेशकर अस्पताल भर्ना

कोभिड निमोनिया भएपछि गायिका लता मंगेशकर अस्पताल भर्ना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय बरिष्ठ गायिका लंता मंगेशकरलाई कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार कोभिड पुष्टि भएपछि उनलाई मंगलबार बिहान मुम्बईस्थित ब्रिच क्यान्डि अस्पतालमा भर्ना गरिएको हो ।

९२ वर्षिया गायिका मंगेशकरलाई कोभिड निमोनिया भएको भारतीय मिडियाले जनाएका छन् । अहिले आइसीयूमा राखिएकी गायिकाको उपचारमा चिकित्सक प्रतीत सामदानी र उनको टोली खटिएको छ । श्वासप्रश्वासमा कठिन भएपछि सन् २०१९ नोभेम्बर ११ मा पनि मंगेशकारलाई सोही अस्पतालमा भर्ना गरिएको थियो । छातीमा संक्रमण देखिएपछि गायिका मंगेशकरलाई अस्पताल लगिएको हो ।

सन् २००१ मा मंगेशकरलाई भारत रत्नबाट सम्मान गरिएको थियो । उनले ३६ वटा भारतीय भाषामा गीत रेकर्ड गराएकी छिन् । सवाना आजमी र हेमा मालिनीसहितका बलिउड सेलेव्रिटी अस्पताल पुगेर गायिकाको स्वास्थ्यलाभको कामना गरेका छन् ।